यस्तो देखियो इलाम चुलाचुलीमा एमालेको अन्तिम चुनावी सभा (तस्बिरहरू)

काठमाडौं । वैशाख १५ को उपचुनावको संघारमा नेकपा एमालेले इलामको चुलाचुलीमा अन्तिम सभा गरेको छ।

आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले अध्यक्ष केपी शर्मा ओली आफैँ इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन्।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुहाङको जित सुनिश्चित देखेको बताए। कार्यक्रममा नेम्वाङको पक्षमा माहौल बनाउन ओली, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललगायतका नेता इलाम पुगेका छन्।

उम्मेदवार नेम्वाङले गल्ती कमजोरीहरूलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बढ्ने प्रतिबद्धता जनाए। उनले भने, बुबाले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।

यस्तै माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङलाई इलामबाट जिताउनु पर्ने बताए।

उनले भने, ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं। वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

इलामको निर्वाचनलाई दलहरूले प्रतिष्ठा बनाएर सबै दलका शीर्ष नेताहरू धाइरहेका छन्। इलाममा सुहाङसँग कांग्रेसका डम्बर खड्का, रास्वपाबाट मिलन मिम्बू, पहिचानवादीहरूको तर्फबाट डकेन्द्र थेगिमबीच प्रतिस्पर्धा हुने देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *