नेपाललाई ‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’को एसियाली अवार्ड

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयरको एसियाली अवार्ड विजेता घोषणा गरेको छ।

एसोसिएट सदस्यहरूमध्ये आईसीसीले विभिन्न ६ क्याटागोरीमा क्षेत्रीय विजेता घोषणा गरेको हो ।

नेपालले पाएको अवार्ड अफ्रिकामा नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपमा नेदरल्यान्ड्स र इस्ट एसिया प्यासिफिकमा इन्डोनेसियालाई दिइएको छ।

अब नेपालले ग्लोबल अवार्डको लागि सबै क्षेत्रिय विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

एसियामा आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर कतार क्रिकेट संघलाई, १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर ओमान क्रिकेटलाई, आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर ओमानलाई, आईसीसी एसोसियट मेम्बर ओमेन्स पर्फमेन्स अफ दी इयर युएईलाई घोषणा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *