जननेता मदन भण्डारीको जन्म घरको मर्मत सम्भार गर्दै अनेरास्ववियु र युवासंघका नेता कार्यकर्ता (फोटो फिचर)

विराटनगर । जननेता स्वर्गीय मदन भण्डारीको ताप्लेजुङस्थित जीर्ण घरको मर्मत सम्भार सुरु भएको छ । अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङ र राष्ट्रिय युवासंघ नेपालले संयुक्त रूपमा भण्डारीको मर्मत सम्भार सुरु गरेका हुन् ।

भण्डारीको घर जीर्ण भएको र पानी चुहिने भएपछि उनको जन्म घरको मर्मत सम्भार, सरसफाइ र नयाँ छाना लगाउने काम सुरु गरिएको अनेरस्ववियु ताप्लेजुङका अध्यक्ष विवेक बानियाले बताए ।

घरको मर्मत सम्भार र सरसफाइमा एमाले र एमालेका जनवर्गीय संगठन युवा संघ र अनेरास्ववियुका ३५ जना नेता तथा कार्यकर्ता सहभागी छन् । ३ दिन भित्रमा मर्मत सम्भार र छानो हाली सकिने बानियाले बताए । घरको छानो चुहिने भएकाले छानो पूर्ण रूपमा भत्काएर नयाँ लगाइने भएको छ । यस्तै मक्किएका काठहरू समेत फेरिने हेमराज निरौलाले बताए ।

जननेता भण्डारीको २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसामुमा जन्म भएको थियो । भण्डारीको परिवार २०२६ सालमा मोरङ बसाई सरेको थियो । भण्डारीको २०५० साल जेठ ३ गते दासढुङगामा रहस्यमय मृत्यु भयो ।

भण्डारीको घर मर्मत सम्भारमा एमाले प्रदेश कमिटी सदस्य टीका सुवेदी, नेकपा एमाले जिल्ला कमिटी सदस्य चित्र वोनेम नेकपा एमाले जिल्ला कमिटी सदस्य विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, एमाले मैवाखोला पालिका कमिटी सचिव रुपेन्द्र वनेम, युवा संघ नेपालका स्थायी कमिटी सदस्य गोपाल न्यौपाने, अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य नारद गुरागाईँ युवा सं नेपालका जिल्ला अध्यक्ष मनोज लिम्बू, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँ युवा संघ उपाध्यक्ष मानिक तुम्बाहाम्फे अनेरास्ववियु जिल्ला उपाध्यक्ष प्रदीप गुरुङसहित एमाले नेताहरूको समेत उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *