रविलाई विश्वप्रकाशको प्रश्न- यो कस्तो लोकतान्त्रिक पद्धति, ढाकाकुमारलाई आरोप लाग्नासाथ हटाएको होइन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै आफूहरूले दोषी करार नगरेको भन्दै छानबिन हुनुपर्ने बताएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई आरोप लाग्नासाथ हटाएको कुरालाई स्मरण गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरे।

उनले भने, ‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए। ए कस्तो लोकतन्त्र ? कस्तो न्याय ? सांसदलाई आरोप मात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो ?’

उनले सहकारी पीडितहरूलाई न्याय दिनको लागि इलामका जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

उनले थपे, ‘यो बेलामा इलामले गम्भीरतापूर्वक सोच्न जरुरी छ, हामीले दिएको मतले छानबिनको प्रक्रिया रोकियोस्, ५० हजारभन्दा बढी मानिसहरूको डुबेको छ ती रोइरहुन् भनेर।’

Comments

One response to “रविलाई विश्वप्रकाशको प्रश्न- यो कस्तो लोकतान्त्रिक पद्धति, ढाकाकुमारलाई आरोप लाग्नासाथ हटाएको होइन ?”

  1. Samir Avatar
    Samir

    आरजु र मन्जु भाउजुको सेवा गरेर बस कालो काङ्ग्रेसको देवरबाबु!
    तिम्रो गनगन सुन्न हामी नेपालीलाई कुनै रुचि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *