तस्बिरमा हेर्नुस्, नेकपा स्थापनाको अवसरमा आयोजित हीरक महोत्सव

काठमाडौं । नेकपा स्थापनाको अवसरमा आयोजित हीरक महोत्सव नेकपा एमालेले विशेष समारोह गरी मनाएको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सव बनाएको हो।

समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गरे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी भए। तर, नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी बनेनन्।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *