गृहमन्त्रीलाई कांग्रेसको जवाफ- हामीलाई प्रश्न उठाउनुअघि एकपटक ऐना हेर्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको अडानबाट आफूहरू ब्याक नभएको प्रष्ट्याएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसमाथि प्रश्न उठाउनुअघि एक पटक आफैँ ऐना हेर्न आग्रह गरे।

उनले भने, ‘गृहमन्त्रीमाथि छानबिन गर्नको संसद समिति बन्नुपर्छ। त्यो भन्दा बाहेक राजीनामा दिने नदिने भन्ने कुरा उहाँको हो। जुन कुरा हिजो उहाँ उठाउनुहुन्थ्यो आफ्नो ऐनालाई आफैँ हेर्नुपर्‍यो। रहने नरहने निर्णय उहाँले गर्नुपर्‍यो। कांग्रेसभित्रकाले हिजो कसैले कुरा उठाउँदैमा पनि राजीनामा दिएका थिए। कांग्रेसले जस्तै अरू दलहरूमा पनि प्रश्न उठेपछि आफ्नो मर्यादा पालना गरेका छन्। यो गर्ने नगर्ने जनताले हेरिरहेका छन्। हिजो बुझेका थिएनन्, आज बुझ्दै जाँदैछन्।’

उनले संसदबाट निकास निकाल्नुपर्छ भनेर कांग्रेस सडकमा नउत्रिएको बताए। उनले अहिले सत्ता गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै अविश्वास बढ्दै गइरहेको दाबी गरे।

उनले भने, ‘सत्ता गठबन्धनमा विश्वासको कुनै अंश छैन। यो अवसरवादी अवसरवादी गठबन्धन आफ्नै बोझ, अविश्वास, विरोधाभाषले पतन हुन्छ। त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन।’

Comments

2 responses to “गृहमन्त्रीलाई कांग्रेसको जवाफ- हामीलाई प्रश्न उठाउनुअघि एकपटक ऐना हेर्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीहरूजस्ता ४७ सालदेखि देश लुटेका गद्दारहरू, देश बेचुवाहरूले अरूलाई भन्ने ?

  2. Samir Avatar
    Samir

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने र मान्छेलाई जिउँदै भट्टीमा पोल्ने कालो काङ्ग्रेसलाई सबै नेपालीले बहिष्कार गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *