गृहमन्त्री सामु भक्कानिइन् रमिला, खामका केटाहरूबाट असुरक्षा भएको गुनासो (भिडिओ)

काठमाडौं । स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामु भक्कानिएकी छन्। हत्या आरोपी कालीबहादुर खाम पक्राउ परेपछि उनले आफू असुरक्षित भएको भन्दै गृहमन्त्रीसँग गुनासो गरिन्।

खामलाई उन्मुक्ति नदिन छोरा लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी रमिलासँग कुराकानी गर्दै कानून अनुसार दोषी कारबाही गर्न कसैले रोक्न नसक्ने बताए।

सुरक्षाबारे चासो राखेपछि गृहमन्त्रीले भने- न्याय माग्ने कुरामा तपाईँले चिन्ता गर्नुपर्दैन। तपाईँको जिम्मा सरकारले लिन्छ। तपाईँलाई त्यस्तो लाग्छ भनेर गृह मन्त्रालयलाई एउटा निवेदन दिनुस्। तपाईँ सेफ हुनुहुन्छ।

अनुसन्धानमा प्रहरी प्रशासनबाट हुने कुनै कमीकमजोरी नहुने आश्वासन दिए।

उनले थपे- बाँकी न्यायालयको कुरा हो। न्यायालयको विषयमा हामीले भन्ने कुरा पनि भएन। न्यायालयको स्वच्छतामाथि हामीले प्रश्न उठाउन मिल्दैन। हरेक नागरिकले न्यायको लागि जाने अन्तिम ठाउँ नै अदालत हो। त्यसैले अनुसन्धान र अदालतमा मुद्दा चलाउँदा कुनै कमीकमजोरी नहोस् भन्ने कुरामा हामी सचेत छौँ।

कालीबहादुर खाममाथि अनुसन्धान गर्ने कुरामा माओवादीको नेतृत्वमा सरकार भएकाले असर नगर्ने जिकिर गरे। अनुसन्धानको विषय भएकाले सरकारको कसको नेतृत्वमा छ भन्ने कुरा गौण भएको उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *