एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौं। लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ(एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेका थिए। पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले लामाले सर्वोच्च अदालतमा पुनरावेदन गरेकाले अदालतले छाडेको जानकारी पाएको बताए। ‘ उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गरेर तारेखमा हुनुहुन्छ भन्ने कुरा आएको छ’, उनले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *