जनकपुरधाममा रामनवमी रमझम, श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्नेको घुइँचो

जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामस्थित श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।

त्रेतायुगमा चैत शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । जन्मदिनको सम्झनामै हरेक वर्ष श्रद्धा तथा भक्तिपूर्वक भगवान् रामको पूजा आराधना गरी मनाइन्छ ।

आज बिहानैदेखि श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजा-आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

राम मन्दिरका महन्त श्रीराम गिरी भन्छन्, ‘जनकपुरधाम भगवान् श्रीरामको ससुराली हो । त्यसैले पनि हामी श्रद्धापूर्वक भगवान् श्रीरामको जन्मोत्सव मनाउँछौँ ।’

संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश तथा पिता दशरथको आज्ञाको पालन गरी भगवान् श्रीराम मानव जातीलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।

राम नवमीको अवसरमा माता राजदेवी मन्दिर र श्रीराम मन्दिरमा आज महाआरती तथा महाप्रसाद वितरण कार्यक्रम राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *