ओलीलाई राप्रपा प्रवक्ताको चुनौती- आजको दिनमा राप्रपाले जति शक्ति प्रदर्शन गरेर देखाउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई कमजोर नठान्न चुनौती दिएका छन् ।

बूढानिलकण्ठ नगर अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अराजक समूहको संज्ञा दिएपछि आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउन चुनौती दिए।

ओलीले भनेका थिए, ‘अराजतकता बढ्यो, के बोल्ने ? के गर्ने नगर्ने ? जस्ता कुरा भएनन् । अहिले पनि केही मान्छेहरु उत्ताउला पन देखिँदैछन् । त्यस्ता राजनीतिक व्यक्ति र समूहलाई आग्रह गर्छु, संविधानको दायराभित्र आउनुस्, संवैधानिक र शान्तिपूर्ण दायराभित्र आउनुस् र त्यसभित्र रहेर आफ्नो माग गर्नुस् ।’

त्यसको जवाफमा प्रवक्ता श्रेष्ठले भनेका छन्, पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई शक्ति नमान्नेहरुलाई चुनौती छ, ‘आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउनुस् । राजा, राजसंस्था वा विगतको व्यवस्थालाई गाली गर्नेहरुले बुझुन्- राप्रपाले नयाँ अवस्था र नयाँ व्यवस्था चाहेको हो जसमा राजा पनि अटाउछ्न्, सबै अटाउँछन् ।’

उनले अब ढिला नगरी नवीन समझदारी गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, हामी तिनलाई बुझाउन खोजिरहेका छौं, जसको ट्रेलर चैत २७ गते काठमाण्डौंमा देखाइसकेका छौं।
जनताको नाममा राजनीति गर्दै आएकाहरुले बुझेकै होलान्- जनताको तागत अथाह हुन्छ !

Comments

One response to “ओलीलाई राप्रपा प्रवक्ताको चुनौती- आजको दिनमा राप्रपाले जति शक्ति प्रदर्शन गरेर देखाउनुस्”

  1. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    Very good

Leave a Reply

Your email address will not be published. Required fields are marked *