एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ विजयी, अन्य पदमा क-कसले मारेबाजी ?

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार)लाई पराजित गर्दै विजयी भएका हुन् ।

श्रेष्ठले ४४१ मत प्राप्त गर्दा कुमारले ३०४ मत ल्याएका छन्। उनीहरू दुबै जना प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा कुमार प्यानलका कर्ण घिसिङ ५३ मतले विजयी भएका छन् । उनले तीन सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी खड्ग रजनमगर(धिरज)ले तीन सय ४१ मत पाए ।

सचिवमा भने कुमार प्यानलका नबराज थिङ विजयी भएका छन् । थिङ चार सय एक मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी श्रेष्ठ प्यानलका बर्तमान सचिव समेत रहेका नारायण बरालले तीन सय २८ मत मात्रै पाएका छन् ।

उपसचिव(खुला)मा पनिकुमार प्यानलका दीपेश बराल विजयी भएका छन् । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाए । यस्तै अर्का राजु बरालले एक सय ५१टिकाबहादुर देवकोटा ९१ र शंकर कार्कीले ४५ मत पाएका छन् ।

उपसचिव (महिला) मा भने श्रेष्ठ प्यानलकीपार्वती भट्टराई सर्वाधिक चार सय ८४ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी मिथुला फुयालले दुई सय २० मत पाएकी छन् ।

चैत २६ गते सुरू भएको एमाले आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ प्रतिनिधि रहेकोमासात सय ५४मत खसेको थियो ।शुक्रब रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *