हट्याे माइतीघरको निषेधाज्ञा 

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको केही स्थानकाे निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकका सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई नयाँ वर्ष (शनिबार) देखि निषेध आदेश कायम नरहने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले जानकारी दिएका छन् ।

सुरक्षा चुनौतीलगायत विश्लेषणको आधारमा निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *