आफैं खडा गरेको फेसबुक पोलले हर्क साम्पाङलाई बुमर्‍याङ, पोस्ट हटाएर ‘रफ्फु भर्दै’

काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङ ईलाम २ को उपनचुनावमा पहिचानवादी धारका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई खुलेर समर्थन गरिरहेका छन् ।

सामाजिक सञ्जालदेखि सडकसम्म थेगिमको पक्षमा तीव्र प्रचारप्रसार गरिरहेका साम्पाङलाई आफैंले गरेको एउटा फेसबुक पोस्ट आत्मघाती बन्यो ।

साम्पाङले फेसबुकमा एउटा ‘पोल’ खडा गर्द लेखेका थिए, ‘यसपालि ईलामको उम्मेदवारमा कस्ले बाजी मार्छ ?’

ईलाम २ मा थेगिमले जित्ने दावी गर्दै आएका साम्पाङले यो पोलमार्फत आफ्नो दाबीलाई मजबुत बनाउन खोजेका थिए । तर, भइदियो अर्कै । उनले ६ वटा अप्सन दिएर राखेको पोस्टमा सबैभन्दा बढी भोट घन्टी चिन्हमा पर्यो । यो राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावचिन्ह हो जसबाट मिलन लिम्बू उम्मेदवार छन् ।

६० प्रतिशतभन्दा बढी भोट घन्टीमा परेको थियो भने थेगिमको चुनावचिन्ह मुढामा २४ प्रतिशतले भोट हाले । यस्तै तेस्रोमा एमाले र चौंथोमा कांग्रेस उम्मेदवारलाई ८ प्रतिशत र ३ प्रतिशत भोट आएको थियो ।

पछिल्लो समय रास्वपाका कटु आलोचकका रुपमा रहेका हर्कको यो पोस्ट रास्वपालाई नै सबैभन्दा ठूलो फाइदा पुग्यो । यसबाट तिल्मिलाएका हर्कले अन्ततः पोस्ट नै डिलिट गरिदिए । त्यसपछि उनी एकपछि अर्को स्टाटस लेख्दै रफ्फु भर्न तल्लीन छन् ।

आफूले बनाएको पोल हटाएपछि हर्कले ‘यी हुन् स्थानीय जनताको वास्तविक पोल’ भन्दै पूर्वका जनजाति समूहले बनाएका फेसबुक पोल शेयर गरिरहेका छन् । एउटा पोस्टमा उनले लेखेका छन्, ‘८० प्रतिशत डकेन्द्रसिंह थेगिम लिम्बूको हो, २० प्रतिशत अरुले भोट बाँडेर लैजाने हो ।’

अर्को पोस्टमा साम्पाङ लेख्छन्, ‘अधिकांश ९५ प्रतिशत जति ईलाम बाहिरका भाडाका साइबर स्यालहरुले पोलमा भोट हाल्दैमा ढोल बज्ने भूमिका घण्टी बज्ने भए कि गरिरहनु हौ चुनाव ?’

 

Comments

One response to “आफैं खडा गरेको फेसबुक पोलले हर्क साम्पाङलाई बुमर्‍याङ, पोस्ट हटाएर ‘रफ्फु भर्दै’”

  1. ANANTAA Avatar
    ANANTAA

    अलि बढी बकबक भयो मेयर साहेब!

Leave a Reply

Your email address will not be published. Required fields are marked *