रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । नियुक्ति पाएको एक सातामा उनले प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव राखेका हुन् ।
सबै दलका सांसदहरूसमक्ष आग्रह गर्दै उनले सबैको अपनत्व हुनेगरी काम गर्ने भएकाले विश्वासको मत दिन आग्रह गरे । उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने र दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
विश्वासको मत माग्दै महराले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए । महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply