धर्म परिवर्तन गराउने गतिविधिमा गृहको निगरानी, कार्यक्रम र प्रशिक्षणका नाममा विदेशीको चलखेल

काठमाडौं । गृहमन्त्रालयले विना अनुमति हिँड्डुल गर्ने विदेशी नागरिकको सुक्ष्म निगरानी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका सीडीओलाई पत्र पठाएर कतिपय विदेशी नागरिक विनाप्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै विदेशी नागरिकको कानूनविपरीतका गतिविधिको सुक्ष्म निगरानी गरेर आवश्यक काराबाही गर्न निर्देशन दिएको हो ।

विभिन्न जिल्लामा धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका विदेशी नागरिकले गैरकानूनी रूपमा धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *