प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।

कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाउका थिए । पटक पटक सदन सुचारु गर्ने वातावरण बनाउन गरेको आग्रह अस्वीकार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *