अमेरिकामा एरिकालाई ९ लाखसहितको सम्मान

काठमाडौं । करातेकी खेलाडी एरिका गुरुङलाई अमेरिकामा नगदसहित सम्मान गरिएको छ।

११ औं दक्षिण एसियाली खेलकुद (सागं)का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा १९औं एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता गुरुङलाई ९ लाखनगदसहित सम्मान गरेका हुन् ।

विभिन्न सहयोगी एवं खेलप्रेमी हरुसँग संकलन गरि ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ)र प्रमाण पत्र सहित सम्मान गरी खेलाडीको हौसला बधाई दिएको आयोजकले जनाएको छ ।

एरिकालाई बधाई तथा आगामी प्रतियोगिताका लागि थप सफलताको शुभकामना समेत दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *