काठमाडौं । नेपालमा अवैध रुपमा बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
भिसा अवधि समाप्त भएर पनि नेपालमा अवैध रुपमा बसिरहेका उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा २१ देखि ४२ वर्षसम्म उमेरका पुरुष बंगलादेशी नागरिकहरु छन् । उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

Leave a Reply