एकदिवसीय सिरिजः आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ले आज अन्तिम खेल खेल्दैछ । खेल त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।

लगातार दुई खेल हारेको नेपालले सिरिज गुमाइसकेको भएपनि क्लिन स्विपबाट जोगिनका लागि आजको खेल जित्नुपर्नेछ ।

नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो।

दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट भएको थियो।

नेपालको सम्भावित प्लेइङ–११ स् अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी, आरिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, रिजन ढकाल, मौसम ढकाल तथा रूपेश सिंह र विकास आग्रीमध्ये एक ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *