काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको छ ।
काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।
नेता महतो लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुल राष्ट्रिय राज्य स्थापना गर्ने घोषणासहित आफ्नो छुट्टै अभियानमा छन् ।

तस्विरहरु : उमेश कार्की

Leave a Reply