गठबन्धन नभत्काएको भए देश जुनसुकै बेलामा दुर्घटनामा पर्नसक्थ्यो: विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो गठबन्धनले देश बर्बाद पार्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ कदम चालेको बताएका छन्। मजदुर विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अघिल्लो सरकारको कारणले देश विदेशीको चलखेल गर्ने मैदान हुन अवस्थामा पुगेको बताए।

उनले भने,’अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किनभने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छ। गोठमा बाँधेको गाई भैँसीजस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन। अघिल्लो सरकारको हालत त्यस्तो थियो। त्यति मात्रै गरेको भएपनि सायद बोझ बोकिन्थ्यो होला। जनमतको हिसाबले सीट संख्या कम भएको हुँदा, तर त्यसले बिगार्न थाल्यो, मुलुकको सार्वभौम सत्तामा धावा बोलाउन थाल्यो, विदेशीको चलखेल गर्ने मैदान हुन थाल्यो। त्यसैले यो सरकार रहनु भनेको बर्बाद हुनु भन्ने निष्कर्षमा पुग्यौं।’

एमाले सरकारमा गएपछि देशलाई लयमा ल्याउने काम भइरहेको बताए।

उनले थपे, ‘तर, एमाले जानेबित्तिकै सबै ठिक हुन्छ भन्ने पनि प्रश्न उठ्छ। अघिल्लो सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले गाडी चलाएको थियो त्यस कारण हरेक क्षण दुर्घटना हुने खतरामा थियो। तर, एमाले गएपछि अब त्यो अवस्था छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *