एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ। वैशाख ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले बताए।

उनका अनुसार बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्नेछ। बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिनेगर्दछ। परिषद्को बैठकको तयारीबारे छलफल गर्न आइतबारका लागि केन्द्रीय कार्यालयको बैठक पनि बोलाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *