प्रवासी मञ्चले दोहामा आयोजना गर्‍याे इफ्तार कार्यक्रम

रुपन्देही । प्रवासी नेपाली मन्च कतारले इफ्तार कार्यक्रमको आयोजना गरेको छ ।

एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन प्रवासी नेपाली मञ्च कतारले इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार कार्यक्रम गर्दै आएको छ ।

मन्चका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं, धर्मगुरु (मौलाना) हरु, मञ्चका विभिन्न तहका नेताहरु, गैरआवासीय नेपाली संघका प्रथम उपाध्यक्ष, कतारमा रहेका विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरु कार्यक्रममा सम्बोधन गरेका थिए ।

उनीहरुले यस्ता पर्वहरुले सामाजिक, जातीय, धार्मिक, साँस्कृतिक सद्भाव कायम गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण गरेका मन्चका सचिव बिनेस तामाङले गरेका थिए ।

मन्चले धेरै वर्ष पहिलेदेखि यस्तो कार्यक्रमलाई निरन्तरता दिएको अगुवा गोबिन्द सुवेदीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *