आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो १२ औँ महाधिवेशन २०८१ साल पुस मसान्तभित्र गर्ने निर्णय गरेको छ।

नेविसंका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो।

नेविसंघका मुख्यसचिव विजय खड्काका अनुसार मातृ पार्टीसँग समन्वय गरेर महाधिवेशनको मिति तोक्नेछ।

मातृ पार्टीसँग आवश्यक परामर्श गरी एक महिनाभित्र केन्द्रीय कार्यसमितिको (७५२) को १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गने गर्ने निर्णय भएको समेत बताए।

यस्तै, बैठकले नेविसंघको केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थित गर्नको लागि प्रत्येक केन्द्रीय सदस्यहरूबाट सहयोगार्थ मासिक ५ सय संगठनको आधिकारिक खातामा जम्मा गर्ने निर्णय पनि गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *