लिभरपुल पुन: शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई २४ घण्टाभित्रै दोश्रो स्थामा धकेल्दै लिभरपुल पुनः पहिलो स्थानमा उक्लिएको छ ।

गएराती भएको खेलमा घरेलु टोली लिभरपुलले रेलिगेसन जोनमा रहेको सेफिल्ड युनाइटेडलाई ३–१ ले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो ।
एनफिल्डमा भएको खेलको १७ औं मिनेटमा लिभरपुलले अग्रता लिएको थियो। लिभरपुलका डार्विन नुनेजले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफ १-० ले अघि रहेको लिभरपुलले दोश्रो हाफको ५८ औं मिनेटमा सेफिल्डलाइ आत्मघाती गोल उपहार दिएपछि खेल १-१ को बराबरीमा पुग्यो । लिभरपुलका कोनर ब्राडलीले आफ्नै आत्माघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भएको हो ।

लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले ७६औं मिनेटमा गोल गरेपछि लिभरपुल २-१ को अग्रतामा पुग्यो । खेलको ९० औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुलको जित सहज बनेको थियो।

घरेलु मैदानमा पछिल्ला २७ खेलमा अपराजित रहेको लिभरपुलको ३० खेलमा ७० अंक पुगेको छ। यो दोस्रो स्थानको आर्सनलको भन्दा २ अंक बढि हो। सेफिल्ड १५ अंकसहित तालिकाको पुछारमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *