गगनको प्रतिरक्षामा उत्रिएका बजगाई भन्छन्- ‘घण्टी साइबर सेना’ हुत्थी आतंककारी जस्तै खतरनाक

काठमाडौं । पार्टी महामन्त्री गगन थापाले साइबर हमासहरुको संरक्षण गरेको भनेर चर्चामा आएका कांग्रेस सांसद राजेन्द्र बजगाई एकाएक गगनको प्रतिरक्षामा उत्रिएका छन् । उनले गगनमाथि पछिल्लो समय रास्वपा समर्थित नेता कार्यकर्ता र साइबर सेनाले सामाजिक संजालबाट व्यक्तिगत आक्रमण गरेको भन्दै उनी प्रतिरक्षामा उत्रिएका हुन् ।

प्रतिनिधि सभामा बुधवार शून्य समयमा बोल्ने क्रममा सहकारी काण्डका कारण रास्वपा बदनाम भएको भन्दै कांग्रेसबाट टिकट नपाए रास्वपामा जानेहरुको बाटो बन्द भएको बताएका थिए ।

त्यसलगत्तै उनले गगन थापामाथि पछिल्ला केही दिनयता सामाजिक संजाल फेसबुक र ट्वीटरमा ‘पर्सनल अट्याक’ गर्ने रास्वपा कार्यकर्ताको शैलीलाई यमी हुथी आतंककारीभन्दा खतरनाक भनेका छन् ।

बजगाईले भने, ‘यमनी हुथ्थी आतंकारीले लालसागर र एडेन खाडीका समुद्री जहाजहरूको रक्षार्थ तैनाथ अन्तर्राष्ट्रीय सैन्य बलहरूविरुद्ध भीषण आक्रमण गरे झैं महामन्त्री गगन थापा माथि सामाजिक संजालमा व्यापक आक्रमण गरिरहेका छन्। पार्टीका कुनै पनि साथीको गरिमामा चोट गर्ने भित्रबाहिरको आक्रमणका विरुद्ध एकजुट हुनु पर्दछ ।’

उनको पछिल्लो अभिव्यक्तिबारे प्रष्ट पार्दै बजगाईले गगन थापाहरुमथि आक्रमण गर्दा कांग्रेस कमजोर हुने भएपछि ‘घण्टी साइबर’ले हुथी विद्रोहीको शैलीमा सामाजिक संजालमा घृणा (हेट स्पीच)बढाएको आरोप लगाए ।

नेपाल प्रेससँग कुरा गर्दै बजगाईले पार्टी र नेतृत्वमाथिको आक्रमणका बेला एकजुट भएर लड्नुपर्ने भन्दै रास्वपाको उदय नै साइबर सेनाबाट भएकाले उनीहरुको हेट स्पीचले समाजमा थप विभाजन ल्याउनसक्नेमा सचेत हुनुपर्ने बताए ।

बजगाईले कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले रास्वपा सभापतिको कोर ग्रुप,डोर ग्रुप र पुवर ग्रुप भनेर गरेको विभाजन सही रहेको टिप्पणी समेत गरे । पछिल्लो समय कांग्रेस समर्थित सामाजिक संजालमा कांग्रेस र रास्वपाका ‘साइबर वारियर’हरुबीच दोहोरी चलिरहेको बेला बजगाईले हमास साइबरजस्तै हुत्थी साइबर शब्द क्वाइन गरेका हुन् ।

Comments

2 responses to “गगनको प्रतिरक्षामा उत्रिएका बजगाई भन्छन्- ‘घण्टी साइबर सेना’ हुत्थी आतंककारी जस्तै खतरनाक”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस भनेको देश लुटेराहरूको झुण्ड हो ।

  2. Samir Avatar
    Samir

    कालो काङ्ग्रेस राष्ट्रघाती जत्था हो! सबै नेपालीले बहिस्कार गर्छौ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *