कैलाली । सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे नागरिक उन्मुक्ति पार्टीमा थप विवाद सृजना भएको छ ।
अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका कमल बहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएकी छन् भने सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदै छन् ।


Leave a Reply