उम्मेदवार छान्न बोलाइएको बैठकमा विलम्ब, देउवा निवासबाट बाहिरिदै नेताहरू

काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभाको उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने सुरसार नै नभएपछि नेताहरू फर्किन थालेका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपरान्ह २ बजे बोलाइएको बैठक साढे ४ बजेसम्म पनि बस्ने सुरसार नभएपछि नेताहरु बाहिरिएका हुन् । सभापति देउवा बैठकस्थलमा समेत नआएपछि आफूहरू बाहिरिएको नेता अर्जुननरसिंह केसीले बताए ।

केसीसँगै गोपालमान श्रेष्ठ, नारायण खड्का र रमेश रिजाल बैठकस्थलबाट बाहिरिएका छन् । सभापति देउवाले केही नेतासँग उम्मेदवारबारे अनौपचारिक छलफल गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *