काठमाडौं । त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिष्पर्धा गर्दैछ ।
पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
खेल नेपाली समयानुसार पौने ३ बजेबाट शुरु हुनेछ । सोमवार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो । आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ ।

Leave a Reply