प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरुले जवाफ दिँदै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ । बैठकमा सा‌ंसदहरुले साेधेकाे प्रश्नकाे जवाफ  सम्बन्धित मन्नालयका मन्त्रीहरुले दिने कार्यसूची रहेकाे छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा माननीय सदस्यहरुको नाम हेरफेर गर्ने, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले “विमस्टेक वडापत्रको प्रावधानमाथी सदनमा छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्ने, “विमस्टेक वडापत्रलाई अनुमोदन गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *