काठमाडौं । इजरायलमा हजारौंले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत अक्टोबर ७ को हमास हमलाभन्दा अगाडि हुँदै आएका प्रदर्शन ६ महिनापछि पुन: दोहोरिएको हो ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले नेतान्याहुको पोस्टर बनाएर आक्रोश पोखेका छन् । नेतान्यासुको राजीनामा, हमासले बन्धक बनाएका १३० को रिहाईलगायतका माग राखेर आइतबार साँझ इजरायली संसद वरपर प्रदर्शन भएको थियो ।

Leave a Reply