गृहमन्त्रीमाथि सदनबाटै छानबिनको औचित्य स्थापित गर्ने कांग्रेसको निर्णय (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सदनमा गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठनको अडान दृढतापूर्वक राख्दै सदनबाटै यसको औचित्य स्थापित गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।

सरकारबाट कांग्रेसका मागका विषयमा बेवास्ता भए संसद चल्न नदिने अवस्था आउन सक्ने र त्यसको जिम्मेवार सरकार हुने निचोड बैठकले निकालेको उनले बताए ।

Comments

2 responses to “गृहमन्त्रीमाथि सदनबाटै छानबिनको औचित्य स्थापित गर्ने कांग्रेसको निर्णय (भिडिओ)”

  1. RA Avatar
    RA

    Backfire !
    I like this NC attitude so 🔔 can sweep up 2084 election, jay Ghanti 🔔

  2. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा बढी सहकारी ठग, देश लुटेराहरू भएको पार्टीले सत्ताबाट हटनु पर्दा रोईलो गरेर जग हसायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *