बझाङमा माओवादीबाट जनक बुढाको एकल नाम सिफारिस

कैलाली । वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको एकल नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो । उनी प्रदेश कमिटी सचिवसमेत हुन् ।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुढालाई सिफारिस गरिएको निर्णय माओवादीले आजै ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *