रवि लामिछानेसँगै घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गरेको छन्। वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बुलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरे। र, सँगै घण्टी बजाए।

आज उनको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नको लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका छन्।

Comments

One response to “रवि लामिछानेसँगै घण्टी बजाउँदै रास्वपाले मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा (तस्बिरहरू)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    हामी नेपालीले बुझ्नुपर्छ, पहिले प्रचण्डलाई अघि लगाएर हत्याहिंसा र द्वन्द्वमार्फत देशलाई सामाजिक-आर्थिक रूपमा २०-३० वर्ष पछाडि पारियो। अहिले रास्वपामार्फत स्वछन्दता र अराजकता बढाउँदै देशलाई राजनीतिक रूपमा कब्जा गर्न इण्डोवेष्टले जेलेन्स्की-काराजाईलाई झैं रवीलाई प्रयोग गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *