सदस्यता वितरण र नवीकरणको अवस्थाबारे जसपाले थाल्यो छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय संघठन विभागको बैठक बसिरहेको छ। सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बसेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टीको संगठनको बिषयमा छलफल हुने उनको भनाइ छ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो।

२०८० मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *