बालुवाटारमा प्रधानमन्त्री भेटेपछि चापागाईँले भने- कोशीमा नयाँ राजनीतिक कोर्स सुरू हुन्छ

विराटनगर । माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईँले कोशी प्रदेशमा नयाँ राजनीतिक कोर्स सुरक्षित र सफल रूपमा अगाडि बढ्ने बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उप महासचिव वर्षमान पुनसँगको भेटपछि चापागाईँले एक दुई दिन भित्रमै कोशी प्रदेशमा नयाँ राजनीतिक कोर्स सुरु हुने बताए ।

यसअघि माओवादीका तर्फबाट कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बनेका चापागाईँले कोशी प्रदेशको सरकार निर्माणका विषयमा राजनीतिक, संवैधानिक र कानुनी प्रक्रियाका बारेमा छलफल भएको बताए।

उनी वर्षमान पुन निकटका नेताका रूपमा चिनिन्छन् । नेपाल प्रेससँग कुरा गर्दै प्रदेशको नेतृत्व बाँडफाँटका विषयमा अझै टुङ्गो नलागेकाले कोशीमा नयाँ राजनीतिक कोर्स बढिनसकेको नेताहरूले बताएको उनले सुनाए ।

भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोशी प्रदेश सरकार निर्माणसम्बन्धी राजनीतिक,संवैधानिक एवं कानुनी प्रक्रियाका बारेमा महत्त्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भयो ढुक्क होऔँ अन्य प्रदेशमा जस्तै कोशीमा पनि नयाँ राजनीतिक कोर्स सुरक्षित र सफल रूपमा अघि बढ्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *