महामन्त्री ढकालसहित रास्वपाका नेताहरू च्यासलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन्।

राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि रास्वपाका पदाधिकारी तथा कर्मचारीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको हुन्।

च्यासलमा रास्वपाका महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता थिए।

एमालेका महासचिव शंकर पोखरले, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई तथा कार्यालय सचिव डा. भीष्म अधिकारी लगायतले पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी गराएका थिए।

राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्ने भएकाले अध्ययन भ्रमण गरेको रास्वपाले जनाएको छ।

Comments

One response to “महामन्त्री ढकालसहित रास्वपाका नेताहरू च्यासलमा”

  1. Devendra Kasaju Avatar
    Devendra Kasaju

    भन्दा यो पार्टी पनि बाहिरी हल्ला छ यो पार्टी भनेको त भाइ एमाले भन्थ्यो हो जस्तो लाग्छ , किन कि केपी ओलीका कृपाले गृहमन्त्री मन्त्री माग्यो त्यही पायो फेरि पहिले भन्दा बढी मन्त्रालयको जिम्मेवारी पाउनुमा कृपा नभए के…?

Leave a Reply

Your email address will not be published. Required fields are marked *