एनआरएनए नेपाली डायस्पोरा एकता समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं । गैर आवासीय नेपाली संघ को अन्तर्राष्ट्रिय समन्वय परिषद्को गैर आवासीय नेपाली कल्याण विभाग अन्तर्गत नेपाली डायस्पोरा एकता समितिको पहिलो आधिकारिक बैठक भर्चुअल जुम मार्फत आज बसेको छ।

समितिका प्रमुख बाबा राजेश्वरी थापाको अध्यक्षतामा बसेको बैठकलाई सदस्य सचिव अञ्जना बस्नेतले सञ्चालन गरेकी थिइन्।

एनआरएनए उपाध्यक्ष तथा कल्याणकारी विभाग प्रमुख राम शरण सिम्खडाले गैर आवासीय नेपाली संघले नेपाली डायस्पोरालाई कसरी एकतावद्ध गर्दै समितिका गतिविधि चुस्त रुपमा अगाडि बढाउन निर्देशन दिए ।

समितिको प्रमुख बाबा राजेश्वरी थापाले समितिको उद्देश्य र समितिको आगामी कार्य योजनाको बारेमा प्रष्ट पारिन्।

समितिका सल्लाहकारहरूको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले नेपाली डायस्पोरालाई विदेशमा सहज वातावरण बनाउन समितिको सहयोग हुने र नेपालमा पनि विदेश जानबाट नेपालीहरूलाई रोक्न रोजगारी सिर्जना गर्न समितिले काम गर्नुपर्नेमा जोड दिए।

समिति सल्लाहकारहरूको तर्फबाट अस्ट्रेलियाका शैलेश राज भण्डारीले प्रतिनिधित्व गरेका थिए । समितिका सदस्यहरू अनुजा गौतम, तीर्थ राज धमला, इन्दिरा कटुवाल, दिनेश बैदवार, भुवन झा, सत्य झा, राज कुमार अधिकारी, मनिष खत्री, रमेश जोशी, पदम खांदको उपस्थिति थियो।

समितिको आजको बैठकले नेपाली डायस्पोराको चुनौतिहारी पहिचान गरी ठुलो संख्यामा नेपाली डायस्पोरा रहेका ५ ओटा देशहरू छनौट गरी ती देशहरूका राष्ट्रिय समन्वय परिषदहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *