प्रधानमन्त्री प्रचण्डले डाके संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। आइतबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ। त्यही बिषयमा आजै बिहान विपक्षी दलको नेता शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। परिषद्काे बैठक डाकेपछि प्रचण्डले सत्तापक्षका नेताहरूसँग पनि निरन्तर छलफल गरिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *