स्वर्णिम वाग्लेको दाबी- रास्वपाजस्तो स्पष्ट अडान भएको पार्टी अहिले नेपालमा अरू छैनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि नेतृत्व, नीति र संगठनको बारेमा कसैले पनि चुनौती दिन नसक्ने आधार तयार भएको दाबी गरेका छन्।

कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म छलफलमा नीति र विचारको कुरा महत्त्वपूर्ण भएको बताए ।

उनले भने- जलेश्वर बैठकअघि सबैभन्दा ठूलो आलोचना विचार र सिद्धान्त नभएको पिपलपाते पार्टी भनेर लाग्ने गरेको थियो। यो जता-जता जनमत जान्छ त्यतै ढल्कन्छ भन्थे। तर, हामीले त्यो प्रस्तावमा पारित गरेपछि अब हाम्रो कित्ताकाट कता हो भनेर कुनै दुबिधा नरहने गरी हामीभन्दा स्पष्ट अडान भएको पार्टी अहिले नेपालमा अरू छैनन्। राजतन्त्र र गणतन्त्रको विषयमा, आर्थिक सामाजिक मोडेलको विषयमा, संवैधानिक समाजवादको विषयलगायतमा हामी स्पष्ट बोलेका छैन।

उनले अहिले सरकारमा चार जना काबिल नेताहरूलाई पठाएर काम देखाइरहेको बताए।

उनले भने- सबैले तयारी गरिराख्नुभएको छ नतिजाहरू पनि आउने क्रममा छन्, छोटो समयमा हामीले धेरै नतिजा देखाउनुपर्नेछ। चार मन्त्री उपसभापति म र महामन्त्रीको हाइ कमाण्डको संयन्त्र बनेको छ। हरेक हप्ता बस्छौँ। सबैको काम देखिराख्नुभएको छ।

Comments

One response to “स्वर्णिम वाग्लेको दाबी- रास्वपाजस्तो स्पष्ट अडान भएको पार्टी अहिले नेपालमा अरू छैनन्”

  1. Bhavani Sharma Avatar
    Bhavani Sharma

    रास्वपा लगामबिनाको घोडा हो; दर्शन, मिसन र लक्ष्यबिनाको डुङ्गा हो; चैत-वैशाखको हुरीले उढाएर एक कुनामा थुपारिदिको पतझडको पतिङ्गर हो। आफूले देखेको यति नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *