काठमाडौं । नेपालले यस वर्षको एसीसी महिला एसिया कप खेल्ने भएको छ । एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आउँदो जुलाईमा हुने महिला एसिया कप खेल्ने भएको हो ।
नेपाल भारत र पाकिस्तान तथा युनाइटेड अरब इमिरेट्स (यूएई) को समूह ‘ए’ मा छ । नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ ।

Leave a Reply