आईएचसीएलले नेपालमा भिभान्ता चितवन सञ्चालन गर्ने

काठमाडौं । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमकारुपमा स्थापित हुने आईएचसीएलले जनाएको छ ।

भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आईएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन् । ‘देशको प्रमुख शहरी केन्द्रहरूमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाहरूको प्रवेशद्वार हो । भिभान्ता चितवन आईएचसीएल र चौधरी ग्रुपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो । यस अवधीमा आईएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन् ।’

भिभान्ता चितवनले आफ्नो बेग्लै शैली र भावना प्रस्तुत गरेको छ । यस होटलमा अतिथीहरूको सम्मानमा विशेष ध्यानपूर्वक निर्माण गरिएका ४५ रूमहरू छन् । भिभान्ताका सुइटमार्फत पाहुनाहरूले सुन्दर देवचुली र प्रकृतिको लोभलाग्दो दृष्य हेर्न सक्ने छन् । साथै, पाहुनाहरूले होटलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्ने होटलले बताएको छ ।

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि यस होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्विमिङ पुल रहेको छ । यस होटलमा २४०० वर्ग फुटको सभाहल छ । बिजनेस सेन्टर समेत रहेका छन् ।

नारायणी नदीको किनारमा अवस्थित भरतपुर नेपालको एक प्रमुख व्यवसायिक केन्द्रको रूपमा परिचित छ । ऐतिहासिक र पवित्र धार्मिक स्थलहरूदेखि प्राकृतिक परिदृस्यसम्मका विविध अनुभव दिने यस क्षेत्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।

सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी, जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्ता मार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ’ चौधरीले भने ।

इन्डियन सव कन्टीनेन्ट र मिडल इस्टमा चौधरी गु्रप र आईएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारि र नेपालमा मेघौली सेराई सञ्चालनमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *