जसपाको दस्तावेज- पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकता नै मुख्य कार्यभार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेट्ने निर्णय भएको उनको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकता, सरकार, संसद र जनसंघर्षलाई पनि कार्यभारको रूपमा दस्तावेजको मस्यौदा तयार गर्न लागिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ नेतृत्वको समितिले मस्यौदा तयार गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *