काठमाडौं । लामो समयदेखि सम्पर्कबाहिर रहेका २३ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले सूचना निकालेको छ ।
प्रहरी मुख्यालयका अनुसार ४ जना असई, एकजना प्रहरी हवल्दारसहित २३ जना लामो समयदेखि गैरहाजिर रही बेपत्ता भएका हुन् । यसबीचमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले सूचना निकालेर ७ दिनभित्र चित्तबुझ्दो कारण लिएर स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो ।
अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
हेर्नुस् प्रहरी मुख्यालयको हाजिर हुन आउनेबारेको सूचना



Leave a Reply