कर्णालीमा मार्सी धानको बीउ भिजाउने दिन

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिम प्रकाश शर्माले विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताएका छन् ।

विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले काली मार्सी धानको बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएकोले मन्त्री शर्माले धान दिवसको शुभकामना दिँदै विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताए ।

आज धानको बीउ भिजाउने दिन कर्णालीका किसानहरुको महत्वपूर्ण दिन भएको स्मरण गर्दै मन्त्री शर्माले यस धानको प्रवर्द्धन र सम्वर्द्धनका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेको बताए ।

कर्णालीका ४० पर्यटकिय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा काली मार्सी धान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेकर्ड कायम भएको बताउँदै उनले विश्वको एकमात्रै ठाउँमा समुन्द्री सतहदेखि झण्डै २ हजार ८९० मिटर उचाईमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिका वडा नं ३ छुमचौरलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक कार्य गरिने बताए ।

कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डोल्पा,मुगुमा रैथाने बालीको रुपमा काली मार्सीधान खेती गर्ने गरेको मन्त्री शर्माले जानकारी दिए ।

कर्णालीको दुःखका रुपमा रोग भोक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमुल्य मार्सीधान खेती बिकास गरी भोकमारी, कुपोषण ,र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती विकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *