मधेशका सभामुख मण्डल महामूर्ख घोषित, तरुलको मालाले सम्मानित (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले यसवर्षको महामूर्खको उपाधि पाएका छन् । होलीको अवसरमा जनकपुरधाममा मिथिला नाट्य कला परिषद् (मिनाप)ले आयोजना गरेको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषणा गरेको हो ।

उनलाई प्रशस्ती पत्र, तरुलको माला र टोपीले सम्मान गरिएको छ ।

मिनापले हरेक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलन व्यंग्यात्क रुपमा मनोरञ्जनका लागि आयोजना गर्दै आएको छ । सम्मेलन हेर्न अन्यवर्ष जस्तै ठूलो संख्यामा सर्वसधारण सहभागी भएका थिए । सम्मेलनमा होली जोगिरा, गित र संगतले सर्वसधारणलाई मनोरञ्जन गराइएको छ ।

सम्मेलनमा मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोपाल प्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मुर्ख, अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, पत्रकार नित्यानन्द मण्डललाई खेसारी लाल, इन्जिनियर सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मिनापलाई निर्विकल्प मुर्ख र पिपरा गापाकी उपाध्यक्ष बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि दिएर सम्मान गरिएको छ ।

यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेश किक्रेट टिमका क्याप्टन हरिशंकर साहलाई लोढाशंक, योगगुरु विमल पण्डितलाई बुरिराज, मूतिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मान गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *