भेटेरिनरी अस्पताल सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले यादवसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्रमहतो, चक्रघट्टा गाउँपालिका वडा नम्बर नौ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय विरुद्द भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले चक्रघट्टा गाउँपालिका नौ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आर्थिक वर्ष २०७५–०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध गराएकोमा हिनामिना गरेको भन्दै मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रत्येक व्यक्ति विरुद्ध नौ लाख ७७ हजार १६ रुपैयाँ बिगो र सजायको मागसहित अदालतमा मुद्दा दायर गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *