विकराल बन्दै ऋण नउठ्ने समस्या, फाइनान्स कम्पनीको खराब कर्जा २० प्रतिशतसम्म पुग्यो

काठमाडौं । फाइनान्स कम्पनीहरूको ऋण नउठ्ने क्रम उच्च देखिएको छ । समयमै ऋण नउठ्दा फाइनान्स कम्पनी खराब कर्जा २० प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार फाइनान्स कम्पनीको खराब कर्जा उच्च देखिएको हो । नेपाल राष्ट्र बैकबाट अनुमति पाएका ग वर्गका फाइनान्स कम्पनीको औसत खराब कर्जा भने ६.२६ प्रतिशतसम्म छ ।

सबैभन्दा बढी ऋण फस्नेमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेको छ । यसको खराब कर्जा १९.९ प्रतिशत पुगेको छ । ६९ करोड ४ लाख चुक्ता पुँजी भएको जानकीको निक्षेप ३ अर्ब ८० करोड रुपैयाँ र कर्जा लगानी ३ अर्ब ७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ । यसलाई नन पर्फमिङ लोन (एनपीएल) पनि भनिन्छ । पछिल्लो समय क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा ऋण नउठ्ने समस्या विकराल बन्दै गइरहेको छ ।

यता गोर्खाज फाइनान्सको एनपीएल १३.७३ प्रतिशत छ । १५ वटा फाइनान्स कम्पनीमा प्रोगेसिभ फाइनान्सको ११.४५ प्रतिशत, नेपाल फाइनान्सको १०.५२ प्रतिशत, रिलायन्स फाइनान्सको ९।६७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.४४ प्रतिशत रहेको छ। यसैगरी गुह्वेश्वरी मर्चेट बैंकिङ्ग एण्ड फाइनान्सको खराब कर्जा ६.४५ प्रतिशत छ भने गुडवील फाइनान्सको ५.२३ प्रतिशत रहेको छ।

पाँच प्रतिशत भन्दा कम खराब कर्जा भएको मल्टिपर्पस फाइनान्सको खराब कर्जा सबैभन्दा कम १.४८ प्रतिशत छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको खराब कर्जा १.९४ प्रतिशत छ ।

यस्तै आइसिएफस फाइनान्सको खराब कर्जा २.२१ प्रतिशत छ भने बेष्ट फाइनान्सको ३.३२ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.५० प्रतिशत, समृद्धि फाइनान्सको ४.६८ प्रतिशत र पोखरा फाइनान्सको ४.७६ प्रतिशत रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *