राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छः मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन् ।

शनिवार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताइन्।

उनले भनिन्, ‘स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार हुन् । विविधताको एकतामा कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्दै राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको छ । यसको लागि सन्तुलित आहारको उपलब्धता, पहुँच र दिगोपन अत्यन्त महत्वपूर्ण हुन्छ । प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार हो ।’

मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गरिन् । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरु माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *