एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? ओलीको जवाफ- हैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारबाट बाहिरिँदै गर्दा उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिए ।

पत्रकारलाई सोधेका थिए ? समाजवादी मोर्चामा एमाले सहभागी हुने हो ? उनको जवाफ थियो- ‘हैन’

के के कुरा भयो प्रधानमन्त्रीसँग ? भनेर सोध्दा उनले भने, ‘राम्रै कुरा भयो’ ।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । लगत्तै प्रचण्ड होलीबीच भेट भएको थियो ।

Comments

3 responses to “एमाले समाजवादी मोर्चामा सहभागी हुने हो ? ओलीको जवाफ- हैन (भिडिओ)”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    ‘अप्राकृतिक, अराजनीतिक र अनुचित समीकरणबाट एमालेले मुलुकलाई सही दिशामा फर्काएको छ। हाम्रा लागि सुशासनका प्रत्याभूति, समृद्धिको संकल्पलाई अगाडि बढाउने, सुखी नेपाली समृद्ध नेपालको अवधारणलाई कार्यान्वयन गर्ने कुरा मुख्य हो।

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    स्वयमले पार्टी चलाउन नसक्नेहरूले मोर्चा बनाउने हो । कुनै खास कामको लागि मोर्चा बनाउनु पनि उचित हुन्छ नै यस्ता अनेक उदाहरणछन । तर स्थायी रूपमा मोर्चाको कुनै काम छैन । चुनावमा भाग लिने पार्टीले चुनावी कार्यगत एकता बनाउन सक्छ तर स्थायी मोर्चामा जानु भनेको राजनीतिक उद्देश्य, लक्षय र कार्यक्रम थान्को लगाउनु हो ।

  3. Nagendra Avatar
    Nagendra

    नेपालमा कम्युनिस्टहरु “आलुलुमुनियम र कांच ” जस्ता !! रनक्क तात्ने तर सेलाउंदा तातो कांच पानीमा डुबे जस्तो कत्ति टुक्रा हुने हो !!!
    १. साघुरो माइण्डले मोर्चा बन्दि, गुटबन्दी वा दिशाहीन झुण्डहरु बनाउने हैन : देश प्रति साच्चै चिन्तित छौ इमान्दार छौ र उत्तर्दाई छौं भन्ने ठान्छौ भने : रास्ट्रलाइ एक बनाउने राष्ट्रिय भावनाको छानु बनाउ (तिमीहरुले आफुलाई नै ठुली, जान्ने र सर्बोत्क्रिस्ट ठान्छौ त्यो मपायित्व नै केहि गर्न नसक्नु को कारण हो ) देश कम्जोर भयो हरेक हिसावले !!
    २. स्थिरताका लागि, बिकासको लागि र देशको सबलिकरनको लागि स्थायी सरकार र सत्ता चाहियो, त्येशको लागि ‘राष्ट्रिय सक्ति’ बन्नु पर्यो !! राट्रिय भावनाको ‘राष्ट्रिय सक्ति’ हो आजको आवस्येक्ता जसले चुनौतीहरुलाई सामना गर्न र अग्र गति तय गर्न सक्छ !!
    ३. यो कित्ताकाट गर्दै हिड्ने माइन्ड फेरी पनि भुलभुलैया हो : तुच्छ हो, अग्रगतिको अवरोध हो !! हुन त यिनीहरुले जानेकै यत्ति !!! अब त बिउझ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *